यस्ता रोग भएकाहरुलाई फाइदाजनक छ बासी रोटी

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

धेरैले बेलुका पख होस् या दिउँसोमा रोटी बनाएर खाने गर्छन् । कहिलेकाही रोटी खाँदै जाँदा बढी हुन्छ । बेलुका रोटी खाँदा रहेमा भोलि पल्ड खाने पनि गरिन्छ । किनकी बासी रोटी पनि मिठो हुन्छ ।

बासी रोटी खाँदा मिठो हुने मात्र होइन शरिरलाई फाइदा पनि गर्छ । यदि तपाई पेट खराब भएर तनाव भइरहेको छ भने बासी रोटी खाँनु राम्रो हुन्छ । दुध र बासी रोटीको सेवनले तनाव घटाउन र पेटको समस्या निको पार्छ ।

सुगर भएकाहरुले पनि दुध र बासी रोटी खानु राम्रो हुन्छ । उच्च रक्तचाप वा ब्लडप्रेसरको समस्या भएकाले पनी बिहानै चिसो दुधसँग बासी रोटी खानु राम्रो हुन्छ । यदि तपाईलाई ग्यास्ट्रिकको समस्या छ भने पनि बासी रोटी खाने गरेमा समस्या हट्छ । एजेन्सी

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]