काठमाडौँ, २७ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कोर्स करेक्सन गरेर फेरि प्रतिक्रियावादीसँग लड्न क्रान्तिमा जाने बताएका छन । नयाँ नमुना स्वास्थ्यकर्मी संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन ।
उनले भने, यसअघि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदा १९ बुँदे दस्तावेज लेख्ने क्रममा देशको अबस्था जटिल हुँदै गएको र अर्को जनयुद्धको थालनी भएको अनुभुति भएको भनेकै थिएँ अहिले मलाई त्यसबेला भनेको कुरा ठीक रहेछ भन्ने अनुभूति भएको छ ।
उनले थपे, “अहिले पनि सम्झौता गर्नु भनेको आफूलाई सम्पूर्ण रुपमा सक्नु हो भनेर नै मैले एउटा युद्ध नै छेडेको हो म अब जेल जान परे पनि वा मर्नु परे पनि मर्न तयार छु ।
उनले भने, “हामी सजग भएर आफ्ना खुट्टामा उभिनु पर्छ । हाम्रा आफ्नै केही साथिहरू छुट्दा केही कम्जोर महसुस भएको छ । अब हामी त्यसो हुन दिँदैनौं र फेरि जनतासँग जोडिने देश व्यापी अभियान चलाउने छौं ।
“म काठमाडौंभन्दा बाहिर फेरि जनाताबीचमा बस्ने सोचमा छु । हाम्रा उपलब्धीमाथि धावा बोल्ने प्रयास भएको छ हामीले आफ्नो धर्तीमा टेकेर मात्र प्रतिकृयावादीलाई परास्त गर्न सकिन्छ, उनको कथन थियो ।
प्रचण्डले भने, “कतिपयले उमेरका कारण अरुलाई छाड्ने कि भन्ने गरेका छन तर म छाड्दिन, चीनमा माओले ७२ वर्षको उमेरमा क्रान्ति गर्नु भएको थियो त्यसैले म अब एक पटक त्यसै छाडने वाला छैन ।