बाबुराम भट्टराईको आहवान : ‘ओली हटाऊँ देश बचाऊँ’

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २७ फागुन ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओली हटाऊ देश बचाऊ भन्दै आहवान गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटर मार्फत भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भन्दै कटाक्ष समेत गरेका छन् ।

उनले सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनट सत्तामा बसिरहने कुनै तुक नरहेको समेत तर्क गरेका छन् ।

‘अखाद्य बस्तु नखानु प्राणी जगतको शाश्‍वत स्वभाव हो।तर, नेपाली राजनीतिमा जो जे पनि खान किन उद्यत ? यतिबेला ओली नेपाली प्रतिगमनका मुख्य खलनायक हुन्,’ उनले भने, ‘सर्वोच्चका दुवै फैसलापछि उनी एकमिनेट सत्तामा बसिरहने कुनै तुक छैन। उल्टै उनी अरूको शिकारमा विषाक्त घाँस हाल्दैछन् ! किन नबुझेको ? #ओलीहटाऊॅदेशबचाऊॅ ।