काठमाडौं, २६ फागुन ।
जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग पूरा भएपछि सरकारको बारेमा सोचौंला ।’ आफूहरुले राखेको माग जसले पूरा गर्छ त्यसपछि मात्र सहानुभूति हुने उनको भनाई छ ।
निलम्वित सांसद रेशम चौधरीको मुद्दा फिर्ता, मधेस आन्दोलनको मुद्दा फिर्ता, संविधान संशोधन लगायतका माग पूरा हुनुपर्ने उनले दोहोर्याए ।
नेकपा एमालेसँगको सत्ता साझेदारीबारे पत्रकाहरुले राखेको प्रश्नमा महतोले भने, ‘ठग्नेबाहेक केही काम गरे केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ?’
उनले अगाडि भने, ‘केपी ओली सरकारलाई पहिले समर्थन गरेर हेरिसकेको होइन, फेरि गर्ने त्यसै ? यी शोसक सामन्तहरुलाई सित्तैमा समर्थन गर्न जन्मिएको हो हामी ?