६०० ले बढ्यो सुनको मूल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ फागुन ।

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।

तोलामा रु ८५ हजार ६०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ८६ हजार २०० मूल्य निर्धारण भएको छ ।

यस्तै, तेजाबी सुन मङ्गलबार तोलामा रु ६५ हजार १५० मा कारोवार भएकामा आजका लागि भने रु ८५ हजार ७५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा रु १५ ले उकालो लागेको छ । रु १ हजार २५५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा रु १ हजार २७० मूल्य निर्धारण भएको छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]