कतारमा नेपाली फुटबल खेलाडी विमल घर्तीमगरको सफलतापूर्वक उपचार सम्पन्न

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ फागुन ।

घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगरको कतारमा उपचार गरीएको छ । खलिफा स्टेडिएम नजिकै रहेको स्पोर्ट सिटी स्थित सबितार अर्थोपेडिक अस्पतालमा आज घुँडाको सफल शल्यक्रिया सम्पन्न भएको छ ।

राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी घर्ती मगर को उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो । घाइते भएका कारण
उनीहरुले प्रशिक्षण तथा विश्वकप फुटबलको छनोट खेल गुमाउने राइले बताए । घर्तीमगर बन्द प्रशिक्षणका क्रममा घाइते भएका हुन् ।

उनीलाई घुँडामा गम्भीर चोट लागेको थियो । यसअघि एन्फाले नवीन महर्जन र रवीन श्रेष्ठलाई पनि उपचारका लागि कतार पठाएको थियो । क्यूनखबरबाट

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]