शिवरात्रीका दिन काठमाडौंको यी रुटमा गाडी चल्दैन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ फागुन ।

शिवरात्रि पर्वका अवसरमा उपत्यकाका विभिन्न स्थानमा सवारी सञ्चालनमा रोक लगाइएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले सूचनामार्फत पशुपति क्षेत्र आसपासका क्षेत्रमा सवारी साधन चल्न चलाउन निषेध गरेको जनाएको छ।

महाशाखाले पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै सवारी आवागमनको रुट समेत निर्धारण गरेको छ । पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ। यद्यपी तिलगंगा हुँदै रिङरोडमा सवारी साधन चल्न पाउँछन्।

प्रहरी तय गरेको रुट अनुसार चावहिलबाट गौशाला, पूरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

यस्तो छ शिवरात्रिको ट्राफिक व्यवस्थापन