झरना थापाले घोषणा गरिन् ‘ए मेरो हजुर ४’ को रिलिज डेट

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

‘ए मेरो हजुर ४’ अर्को वर्ष प्रदर्शन हुने भएको छ। अभिनेत्री तथा निर्देशक झरना थापाले सोमबार नारी दिवसको अवसर पारेर फिल्म रिलिज गर्ने घोषणा गरेकी हुन्। फेसबुकमा फिल्मको पोस्टर सार्वजनिक गर्दै उनले फिल्म २०७८ भदौ १८ गते फिल्म प्रदर्शन हुने जानकारी दिइन्।

फिल्ममा अनमोल केसी र सुहाना थापाका साथै सलोन बस्नेतको पनि मुख्य भुमिका रहेको छ। सुनिल कुमार थापा प्रोडक्शनको ब्यानरमा बनेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन्। साथै फिल्मको कथा भने झरना थापा र छेतेन गुरुङले लेखेका हुन्। यसअघि बनेको फिल्म ‘ए मेरो हजुर ३’ मा पनि अनमोल र सुहानाको नै मुख्य भूमिका रहेको थियो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]