काठमाडौं ,२५ फागुन ।
सर्वोच्च अदालतको नेकपा बारे दिएको फैसलाले सबैभन्दा ठूलो समस्या ओली तर्फ गएका पूर्व माओवादी र प्रचण्ड तर्फ गएका पूर्व एमालेहरुलाई परेको छ । लामो समय एमालेमा रहेर सहकार्य गरेका माधवकुमार नेपाल अहिले नेकपाको प्रचण्ड नेपाल पक्षमा छन् । उनी नेकपाको अध्यक्ष छन् ।
तर सर्वोच्चले ओली र प्रचण्ड नेपाल दुवै पक्षलाई नेकपा नदिएपछि पार्टी पुर्ववत अवस्थामा फर्किएको छ । तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्र ब्युँतिएको छ । तर एमालेमा राजनीति गरेर प्रचण्ड तर्फ आएका माधव नेपाललाई निकै ठूलो समस्या भएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको बताउन थालेका छन् । सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
नेता नेपालले सर्वोच्चको आदेशपछाडी सबैभन्दा अप्ठ्यारो आफुलाई नै परेको बताउनु भयो । ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो, मैले त सोच्दै नसोचेको कुरा भयो । यो ढंगको निर्णय त कसरी होला र ? कसरी होला र भन्नेमात्रै लाग्थ्यो के ?, उनको भनाई छ । आफु निकट नेताहरुसँग उहाले आफ्नो राजनीतिक जिवन नै सक्किएको भन्दै गुनासो पोख्न थाल्नु भएको एक नेताले बताएका छन् ।