हामीले छाडेपछि प्रचण्ड धुलोपिठो भएः विप्लव

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२५ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुले छोडेको २० महिनामै प्रचण्ड धुलोपिठो भएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई आज कपिलबस्तुमा सम्बोधन गर्दै उनले यस्तो अभिब्यक्ति दिएका हुन् । उनले भने, प्रचण्ड कमरेडले के भन्नुभएछ हामीसँग सहकार्य गरेका एकजना कमरेडलाई बोलाएर फलानाजी २० वर्ष प्रचण्डलाई कसैलाई हल्लाउन सक्दैन जोरी नखोजे हुन्छ ।

हामीले छाडेको २० महिनै लागेन प्रचण्ड धुलोपिठो हुनलाई ।” उनले प्रचण्डले सहिद र बेपत्ता परिवारलाई बिर्सेको आरोप लगाउँदै प्रचण्ड र केपी ओलीको गठबन्धनलाई जनताले बहुमत दिए पनि भागबन्डामै लडाइँ केन्द्रित हुँदा एक वर्षमै विवाद सुरु भएको बताए । साथै उनले विगतमा प्रचण्डको एक अपिलमा धेरै सहिद हुन तयार हुने गरेको स्मरण गर्दै माधव नेपाल नभएको भए जोगी भइसक्थेँ भन्ने अवस्थामा पुगेको प्रतिकृया दिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]