काठमाडौँ ,२४ फागुन ।
होण्डाले आफ्नो नयाँ मोटरसाइकल सिवी३५० नेपाली बजारमा चाँडैनै ल्याउने जनाएको छ । एक सय किलोमिटरसम्म स्पीड गुड्नसक्ने एफआइ इनि्जन भएकोे मोटरसाइकल नेपाली बजारमा उपयुक्त हुने भन्दै केही महिनामै भित्राउने तयारी गरेको जनाएको हो ।
एयर कुल भएको र १५ लिटर पेट्रोल टंक क्षमता भएको वाइकले ३० देखि ३५ किलोमिटरसम्म माइलेज दिने जनाएको छ । दुवै तर्फ डिक्स ब्रेक भएको र ट्युवलेस टायर रहेको जनाएको छ । १६८ एमएम ग्राउण्ड कि्लरेन्स भएको मोटरसाइकल १७९ किलोग्राम सहित ३ रंगमा उपलब्ध गराएको छ ।
सुनको मूल्य बढ्यो
नेपाली बजारमा साताको दोस्रो दिन सुन प्रतितोला सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन सोमबार पुन: सय रुपैयाँले बढेको हो ।
साताको पहिलो दिन आइतबार छापावाल ८६ हजार १ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन सोमबार ८६ हजार २ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तेजाबी सुन आइतबार प्रतितोला ८५ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार ८५ हजार ७५० मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि सामान्य बढेको छ । नेपाली बजारमा आइतबार शुक्रबारकै भाउमा स्थिर रहेको चाँदी सोमबार १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार १ हजार २६५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । आइतबार चाँदी १ हजार २५० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १७०१.०९ डलरमा कारोबार भएको सुन सोमबार १७०७.८७ पुगेको छ। शुक्रबार २५.१७ डलर प्रतिऔंसमा कारोबार भएको चाँदी सोमबार बिहान २५.६२ डलर पुगेको छ।