जोडी बाँध्दै विनय र नम्रता

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाली कथानक चलचित्र ‘सानो संसार’मा जोडी कलाकारका रुपमा देखिएका थिए । नम्रता श्रेष्ठ र विनय श्रेष्ठ । पहिलो पटक स्क्रिन सेयर गरेका उनीहरुको जोडीलाई दर्शकले रुचाए । तर यो फिल्मपछि यो जोडीले पुनः स्क्रिन सेयर गरेनन् । दुवै कलाकार अलग-अलग फिल्ममा देखिए ।

नम्रता र विनयलाई पर्दामा जोडीका रुपमा हेर्न उनीहरुका फ्यान लालायित देखिन्थे । अब उनीहरुका फ्यानको चाहाना पूरा हुने भएको छ । यी दुई कलाकार पुनः जोडी कलाकारका रुपमा देखिने भएका छन् ।

नाम सार्वजनिक नगरिएको एक फिल्ममा यो जोडीले अभिनय गर्ने भएको हो । राजिव गुरुङले निर्देशन गर्ने उक्त फिल्मको अहिले प्रिप्रडक्सनको काम भइरहेको छ । यो फिल्मको ५० प्रतिशत दृष्य सिक्किममा छायांकन गरिने भएको छ । लोकेशन हेर्नका लागि कलाकार विनय र निर्देशक राजिव सिक्किम पुगेका छन् ।

म्युजिक भिडियो निर्देशक राजिव गुरुङ यही चलचित्रमार्फत ठूलो पर्दामा डेब्यु गर्ने तयारीमा छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]