४७ वर्षमा पनि उत्तिकै बोल्ड मलाइका -हेर्नुहोस् तस्बिर

हाम्रो सन्देश संवाददाता

बलिउड —

बलिउडकी चर्चित आइटम डान्सर मलाइका अरोडा सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्छिन् । उनी ४७ वर्षमा पनि उत्तिकै बोल्ड र सुन्दर देखिन्छिन् ।

मलाइकाले आफ्ना तस्बिरहरु सेयर गर्ने गर्छिन् । उनी आफ्नो फिटनेसमा निकै ध्यान दिने गर्छिन् । ४७ वर्षमा पनि उनको फिटनेसका कारण पनि उनी चर्चामा आइरहन्छिन् ।

उनले सेयर गरेका पछिल्ला तस्बिरहरुमा उनी निकै सुन्दर र बोल्ड देखिएकी छन् । उनले तस्बिर सेयर गरेको केही दिनमा नै लाइक, कमेन्ट र सेयरको आइरो लागेको छ ।

उनी फिटनेसको लागि नियमित योगा गर्ने गर्छिन् । व्यायाम र योगा कै कारण उनी अहिलेसम्म पनि फिट नै भएको बताउँछिन् ।