प्रचण्डको चेतावनी : जबर्जस्ति गर्न खोजिए राम्रो हुँदैन अब जे पनि हुन् सक्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२३ फागुन ।

सर्वोच्च अदालतको फैसला बमोजिम पुनःस्थापित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जबर्जस्ति निर्वाचन आयोगबाट एमाले र माओवादी केन्द्र दर्ता गर्न खोजिए राम्रो नहुने चेतावनी दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्तले यसअघिनै एमाले र माओवादी केन्द्र दर्ता भइसकेकोले अब सर्वोच्चको फैसला कार्यन्वयनमा जाने भनी दिएको भन्ने अभिव्यक्तिप्रति प्रतिक्रिया दिदै प्रण्डले राम्रो नहुने चेतावनी दिएका हुन् ।

सर्वोच्चको फैसला लगत्तै कानुन व्यवसायीहरुसँग सिंहदरवारमा छलफल गरेका प्रचण्डले सर्वोच्चको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको आएको बताए । उनले भोलि स्थायी कमिटी बैठक बसेर पार्टीको थप धारणा सार्वजनिक गरिने समेत प्रष्ट पारे ।

कानुन व्यवसायीले प्रचण्डलाई न्यायिक पुनरावलोकनमा जान सुझाव दिएका छन् ।

बानेश्वरमा स्कर्पियो चलाउँदा चलाउँदै ड्राइभर बेहोस भएपछि दुर्घटना

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जीप चलाइरहेका बेला ड्राइभर बेहोस भएपछि दुर्घटना भएको छ।

प्रहरीका अनुसार बा १८ च ५८७१ नम्बरको स्कर्पियोले राति १० बजेतिर रोकिराखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। ठक्करपछि उक्त जिप बिजुलीको पोलमा ठोक्किएको छ।

सडक खाली भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ।

बेहोस रहेका चालकको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उक्त जिप पाल्पाबाट आएको प्रहरीले जनाएको छ। जिप अन्य २ जना सवार थिए।