बानेश्वरमा स्कर्पियो चलाउँदा चलाउँदै ड्राइभर बेहोस भएपछि दुर्घटना

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२३ फागुन ।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा जीप चलाइरहेका बेला ड्राइभर बेहोस भएपछि दुर्घटना भएको छ।

प्रहरीका अनुसार बा १८ च ५८७१ नम्बरको स्कर्पियोले राति १० बजेतिर रोकिराखिएका दुई ट्याक्सीलाई ठक्कर दिएको छ। ठक्करपछि उक्त जिप बिजुलीको पोलमा ठोक्किएको छ।

सडक खाली भएकाले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीको भनाई छ।

बेहोस रहेका चालकको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उक्त जिप पाल्पाबाट आएको प्रहरीले जनाएको छ। जिप अन्य २ जना सवार थिए।

सर्वोच्चको फैसलाले ‘कमन सेन्स’ भएका सबै स्तब्ध : प्रवक्ता श्रेष्ठ

प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्चको फैसला सोच्नै नसकिने खालको आएको बताएका छन्।

आइतबार नेकपाको नामको आधिकारिकताबारे फैसला सुनाउँदै सर्वोच्चले सरकारी नेकपालाई बदर गरिदिएको थियो।

सो बारे प्रचण्ड-माधव नेपला समूहका प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा यस्तो लेखेका छन् :

सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वारेमा गरेको फैसला ,त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईनेछ।

अहिलेलाई यति भनिहालौँ :

‘एक, यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध (कमन सेन्स) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ।

यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ। रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन।

रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक, बेठीक जे भएपनि स्वाभाविक हुनेथियो। तर, यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ। तसर्थ यो फैसला अस्वभाविक छ, संविधान एवं कानूनको बिरुध्दमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ।

दुई, नेपालको राष्ट्रिय सार्वभौमिकता,नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शाषन र ब्यबस्थाको बिरुध्द बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ। त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको थियो, ”अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुध्द सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ।