दुबई पुगेर यसरी खुलिन,नायिका अदिती बुढाथोकी, सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

दुबई पुगेर यसरी खुलेकी अदिती बुढाथोकी, हेराै उनका तस्बिरहरु, नायिका अदिती वुढाथोकी दुबई पुगेकी छिन् । दुबइमा पुगेर तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् ।

उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् ।सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

अदिती वुढाथोकी निर्देशक सुरेन्द्र पौडेलको नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । नेपाली चलचित्र ‘कृ’ बाट एकाएक चर्चामा आएकी नायिका हुन् अदिति बुढाथोकी । उनले भुवन केसीले निर्माण गरेको चलचित्र ‘कृ’मा मेगा स्टार अनमोल केसीसँग नेपाली चलचित्रमा पाईला टेकेकी हुन् ।

उक्त चलचित्रले बक्स अफिसमा दमदार कलेक्सन गरेर सुपरहिट साबित भइसकेको छ । उनले ‘कृ’ खेली सकेपछी अरु कुनै नेपाली चलचित्रमा काम गरेकी छैनन् ।चलचित्र ‘कृ’ खेली सकेपछी उनको चर्चा परिचर्चा एकाएक चुलिएको छ भने दर्शकको मन- मुटुमा बसिसकेकी छिन् ।

उनको अभिनय र सुन्दरताले नेपाली युवाहरुलाई लठ्ठ बनाएकी छिन् ।नेपाली फिल्म ‘कृ’ मा अनमोल केसीसँग अभिनय गरेपछि चर्चामा आएकी अदिति पछिल्लो समय फिल्मका कारण भन्दापनि आफ्नो तस्वीरका कारण चर्चामा रहन्छिन ।

नेपाली चलचित्रमा आउनु भन्दा पहिला उनी भारतीय म्यजिक भिडियोमा मोडलिङ गर्दै आएकी थिइन् । उनले भारतीय म्यजिक भिडियो “उम्मिद” र ‘मे तेरा हो गया’ मा अभिनय गरेकी छिन् ।

उनको सुन्दरता र गेटपलाई लिएर भारतीय र नेपाली मिडिया, सामाजिक सञ्जालमा चर्चामा आइरहन्छिन् । ५ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर यस क्षेत्रमा प्रवेश गरेकी अदिति बुढाथोकीका लागि त्यसपछिका दिनहरू फलदायी बन्दै गए ।

त्यसपछि उनले टीभीसी एड तथा पेपर एडहरूमा अवसर पाइरहिन् भने फो,टो सु,ट आदि पनि गरिरहिन् ।

हेरौ उनका सुन्दर तस्बिर।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]