काठमाडौँ ,२२ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमको निवासमा पुगेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री ओली गौतमको ललितपुरको भैँसेपाटीस्थित निवासमा पुगेका हुन् । नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र नेता गौतमबीच समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको बुझिएको छ ।
आजनै दिउसो राष्ट्रिय सभा गृहमा नेकपाका महासचिव विप्लव सग एउटै मंचमा बसेर निवास फर्केको प्रधानमन्त्री ओली साझ वामदेवलाई भेट्न उनकै निवासमा पुगेका हुन
बरु बलिदान गछौँ, शहीदको सपना मर्न दिँदैनौँ :‘विप्लव’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रबिक्रम चन्द ‘विप्लव’ले आफूहरु जीवनलाई बलिदना दिन तयार रहेको तर शहीलको सपना मर्न नदिने बताउनु भएको छ । सरकारसँग सहमतिको हस्ताक्षर गर्न राष्ट्रियसभामा उपस्थित भएका महासचिव चन्दले सभालाई सम्बोधन गर्दै शहीदको सपना कुनैपनि हालतमा मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘शहीदहलाई यो बिश्वास दिलालउँकी हामी जे सपना देखेर आन्दोलनमा लाग्यौँ, हामी जीवनलाई बलिदान गछौँ, तर शहीदको सपना मर्न दिँदैनौँ हाम्रो त्यो प्रतिबद्धता छ । उहाँले आन्दोलनका बेपत्ता, घाइते र अपाङ्ग योद्धाहरुलाई सम्झनु पर्ने सम्मान गर्नु पर्ने र उनीहरुको चाहनाहरुलाई पूरा गर्नु पर्ने बताउनु भयो । उहाँले अहिले पनि आफ्ना डेढसय कार्यकर्ता तथा नेताअरु जेलमा रहेको र उनीहरु छिटै छुट्ने, केही छुटेको भन्दे खुसी ब्यक्त गर्नुभयो ।
उहाँले अब मुक्त आकाशमा मिलन हुने बताउनु भयो । त्यसका लागि नेपाल सरकारको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र आफ्नो नेतृत्वको नेकपा दुवैले आफ्नो जिम्मेवारी पूरा गरेको अनुभूति भएको बताउनु भयो ।
उहाँले मृत्युको नजिक नर्फर्कीएको. र सबैभन्दा कठिन परिस्थिती नभेलेको नेकपाको कुनै नेता नभएको बताउनुभयो । धेरैको सपना पूरा भएको तर शहीदको चाहना कहिल्यौ पूरा नभएको भन्दै अब शहीदको सपना पूरा गर्न आफू बिचल्लीत नहुने बताउनु भयो ।