हट एण्ड सेक्सी बनेर देखिइन् ‘काउलीबुढी’, हेर्नुहोस् तस्बिर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी’ नामले चर्चित छिन् ‘काउली बुढी’ नामले चर्चा पाएकी उनी सामाजिक सञ्जालमा निकै क्रियाशील हुन्छिन् । हालै मात्रै उनले आफ्नो इन्स्टाग्राममा केही नयाँ र तस्बिर अपलोड गरेकी छन् । इन्स्टाग्राममा उनको फलोअर ११ हजार २ सय बढी छन् ।

चर्चित लोक तथा दोहोरी गायिका सन्ध्या बुढा को लोकप्रियता लोभलाग्दो छ, उनी गायिका मात्र हैन कुशल कार्यक्रम प्रस्तोता पनि हुन् । वास्तविक नाम भन्दा उपनामले धेरै चिनिने कलाकार मध्य सन्ध्या बुढाको नाम पनि जोडीन्छ ।

उनी नेपाल आइडल सिजन २ मा सहभागी भएपछि चर्चाको शिखरमा पुगेकी थिइन् । चर्चित गायन रियालिटी शो नेपाल आइडलको सिजन २ मा टप ट्वेन्टी अर्थात् पियानो राउन्डका लागि भएको प्रतिस्पर्धाका क्रममा उनी थिएटर राउन्डबाटै बाहिरिएकी थिइन् । नेपाल आइडलमा आएपछि उनी सेलिब्रेटी भइन् । सन्ध्याले निरन्तर मेहनत गरिरहने हो भने भने चर्चा कमाउन धेरै समय नलाग्ने पनि प्रामणित गरेकी छन् ।

सुर्खेतकी २४ वर्षीया ‘काउली बुढी’ उर्फ सन्ध्या चर्चित लोक गायिका पनि हुन् । उनको आवाजमा २४ भन्दा बढी लोकदोहोरी गीत छन् । केही गीतमा आफैँले मोडलिङ समेत गरेकी छिन्। ‘बर्खा लायो असिनाको झरी’, ‘कि भुल्यौ र’ , ‘सानु तिमी मुटुको धड्कन हौ’ लगायतका दर्जनौँ लोकदोहरी गीतमा आवाज दिएकी सन्ध्या कलाकार कृष्ण कँडेलले सञ्चालन गर्ने कार्यक्रम ‘इन्द्रेणी’ बाट कलाकारितामा प्रवेश गरेकी थिइन् ।

कार्यक्रम ‘इन्द्रेणी’ मा गीत गाउँदै आफ्नो गला र कलालाई निखारेकी सन्ध्या ‘धमलाको हमला’, ‘जोगिन्दर की पान पसल’ जस्ता टिभी कार्यक्रममा समेत कार्यक्रम प्रस्तोताको रुपमा देखा परिसकेकी छिन्।