विप्लव नवलपुरबाट सार्वजनिक, प्रहरीको स्कर्टिङमा काठमाडौं आउँदै

हाम्रो सन्देश संवाददाता

नवलपरासी, २१ फागुन ।

आज काठमाडौंमा सार्वजनिक हुनका लागि आउने क्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लव पूर्वी नवलपरासीबाट बिदा हुनुभएको छ ।
चन्दलाई पूर्बी नवलपरासीमा केही बेरअघि उहाँका कार्यकर्ताले बिदाई गर्नुभएको हो । आज बिहान ३ बजे नवलपरासी आईपुगेका बिप्लव केही बेर आरम गरेर प्रहरीको स्कटीङमा काठमाडौं आउन लाग्नु भएको हो । आज दिउँसो दुई बजे राष्ट्रिय सहभागृहमा विशेष कार्यक्रम आयोजना गदिँदैछ । त्यही कार्यक्रममार्फत विप्लव सार्वजनिक हुनुहुने छ ।

कार्याक्रममलाई प्रधानमन्त्री केपी ओली र विप्लव दुवैले सम्बोधन गर्ने छन् भने तीन बुँदै सहमति पत्रमा हस्ताक्षर पनि गर्ने छन्।विप्लव समूहसँगको सहमतिपछि २०७५ फागुन २८ देखि लगाइएको प्रतिबन्ध बिहीबार साँझ बसेको मन्त्रिरिष बैठकले हटाउने निर्णय गरेको थियो।

सरकार र विप्लव समूहबीचको सहमति पछि ओलीको ‘सरप्राईज’ राजीनामा आउनसक्ने खुलाशा

सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच आज तीन बुँदे सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ । सरकारले विप्लव समूहलाई मूलधारको राजनीतिमा ल्याउन ठूलो सफलता हाँसिल गरेको छ । यसअघि विखण्डनवादी आरोप लागेका सिके राउतलाई पनि सरकारले सरप्राईज रुपमा वार्ता गरेर मूलधारको राजनीतिमा ल्याएको थियो । विप्लव समूहसँग सरकारको वार्ता चल्दै गर्दा कतिपयले राजनीतिक स्टन्ट गरिएको भन्ने आरोपसमेत लगाए ।

तर, सरकार र विप्लव दुवै समूहले अत्यन्तै सुझबुझपूर्ण ढंगले वार्तालाई निश्कर्षमा पुर्याएरै छाडे । फलतः वार्ता सुरु भएको दुई दिनमै तीन बुँदे सहमति भयो । यो सहमतिसँगै सरकारले विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवासमेत गरेको छ । र, जेलमा रहेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्ने भएको छ ।

विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो । सहमतिपछि सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त हस्ताक्षर गरी प्रेस नोट जारी गरेका छन् । प्रेस नोटका अनुसार भोलि दिउँसो २ बजे विशेष समारोहका बीच सहमतिको विस्तृत विवरण सार्वजनिक गरिनेछ । सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ ले सम्बोधन गर्ने भएका छन् ।

पछिल्लो समय प्रतिनिधिसभा पूनःस्थापना भएसँगै राजनीतिक सहमतिका आधारमा चुनावी सरकार गठन गर्ने आवाजसमेत उठेको छ । जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईदेखि लिएर नेकपाकै दोस्रो तहका नेता र राप्रपा अध्यक्ष कमल थापाले समेत सर्वपक्षीय सरकार बनाउनुपर्ने आवाज उठाएका छन् । यस्तो बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो कदम चाल्लान् ? भन्ने विषय अहिले चासोको विषय बनेको छ । विप्लवदेखि राजावादीलाई समेटेर सरकार बन्ने हो कि भन्नेपनि चर्चा चलेको छ । यही फागुन २३ गते संसद्को बैठक बस्दैछ ।

उक्त बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध कांग्रेस, नेकपा दाहाल नेपाल समूह र जसपाले संयुक्त रुपमा अविश्वासको प्रस्ताव ल्याउने पनि अड्कलबाजी भैरहेको छ। यसअघिका सार्वजनिक भाषणमा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दाबी गरिसकेका छन् । बरु, आफूले संसद फेश गर्ने भन्दै सके हटाएर देखाउन सार्वजनिक चूनौति दिएका छन् । तर, विप्लवसँगको तीन बुँदे सहमतिपछि ओलीले भोलि नै संयुक्त सम्बोधनको क्रममा पदबाट राजीनामा पनि दिन सक्ने आँकलन गरिएको छ । ओलीले भोलि सरप्राईज रुपमा राजीनामा दिएर सर्वपक्षीय सरकार गठनको लागि घोषणा गरे आश्चर्य मान्न नहुने स्रोतको दाबी छ ।