विबाह अघि नै यि पुरुषको प्रेममा थिइन् अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्का

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

चलचित्र २ रुपैयाँको कुटुमा कुटु बोलको गीतबाट राम्रो चर्चा बटुलेकी नायिका स्वस्तिमा खड्का पछिल्लो पुस्ताकी सफल नायिका हुन् । छक्का पञ्जा, नाइ नभन्नु ल का सिरिजमा काम गरेपछि उनले पछाडी फर्केर हेर्नु परेन । लुट निर्देशक निश्चल बस्नेतसँग मागी विबाह गरेकी यि सुन्दरी स्पष्ट वक्ताका रुपमा परिचित छिन् ।

एक अन्तरवार्तामा प्रेम प्रसंगमा गरिएको प्रश्नमा नायिका खड्काले आँफु विबाह अघि १ जना पुरुषको प्रेममा परेको तर ति पुरुषले रिलेसनसिपलाई गम्भिरताका रुपमा नलिएका कारण आँफु ३ महिना नबित्दै अलग्गिएको र निश्चलसँग मागी विबाह गरेको उनले बताएकी छिन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायिका खड्काले आफ्नो संघर्षदेखि अहिलेको अवधीसम्मका कुरा गर्न भ्याएकी छिन् ।

सुटुक्क बिहे गरेकी श्रेया घोषालले ‘बेबीबम्प’ सार्वजनिक गरिन्

बलिउडकी चर्चित नायिका श्रेया घोषाल विवाह गरेको ६ वर्षपछि आमा बन्दैछिन् । सामाजिक सञ्जालमा ‘बेबीबम्प’ सार्वजनिक गर्दै हुनेवाला बच्चाको नाम समेत जुराइसकेको बताएकी छिन् ।

३६ वर्षिय यी गायिकाले आफ्ना श्रीमान शिलादित्य मुखोपाध्यायको नामसंग मिलाएर नाम राखेको जानकारी दिएकी छिन् ।
‘बेबी श्रेयादित्य बाटोमा छ । शिलादित्य र म तपाइहरुलाई यो खबर सार्वजनिक गरिरहँदा असाध्यै खुसी भएका छौं । हामीलाई तपाईहरुको माया र आशिर्वादको खाँचो छ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

पूर्णिमा मिस ब्युटिफुल नेपाल र पवित्रा मिसेस ब्युटिफुल नेपाल
५ फेब्रुअरि २०१५ मा श्रेयाले प्रेमी शिलादित्यसंग विवाह गरेकी थिइन् । उनीहरुले विवाह पनि सुटुक्क गरेका थिए । बैबाहिक कार्यक्रममा दुवै पक्षका पारिवारिक सदस्यको मात्रै उपस्थिती थियो ।

उनको गायनयात्रा हिन्दी चलचित्र ‘देवदास’बाट सुरु भएको थियो । शाहरुख खान, ऐश्वर्या राय र माधुरी दिक्षित अभिनित फिल्ममा पाँँचवटा गीत गाएकी थिइन् । पाँचै गीत बिनकै चर्चित भएको थियो ।