बिहीबार ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , २० फागुन ।

नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ। आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार भने सुनको भाउ प्रतितोला ८७ हजार ५०० रुपैयाँ थियो ।

यस्तै, बिहीबार तेजाबी सुनको भाउ ८६ हजार ५० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ । बुधबारको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

विप्लवसँग सरकारको वार्तासँगै नेप्सेमा उछाल, निफ्राको सबैभन्दा बढी कारोबार

साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ९० अंकभन्दा बढीले बढेको छ। यस हप्ताको सुरुदेखि नै राताम्य रहेको सेयर बजार आज भने हरियाली छाउँदा लगानीकर्ताको उत्साह बढेको छ । आजको कारोबार दिन नेप्से परिसूचक ९०.६७ अंकले बढेर २५०६.२८ अंकमा पुगेको छ । यस दिन सेन्सेटिभ इन्डेक्स १४.६७ अंक, फ्लोट इन्डेक्स ६.२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.५४ अंकले बढेको छ।

कतिपय अर्थ विश्लेषकहरू प्रतिबन्धित रहेको दल विप्लवसँग सरकारले वार्ता गरिसकेपछि नेप्सेमा सकारात्मक असर परेको बताउँछन् । त्यस्तै आज नेप्सेमा हरियाली छाए पनि कारोबार रकम भने ६ अर्ब बराबरको मात्रै भएको छ । यस दिन २०६ कम्पनीको ६५ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा बढी कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ। निफ्राको यस दिन ५३ करोड २३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। आज सूर्योदय लघु वित्त, लिवर्टी इनर्जी कम्पनी र चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसका साथै किसान लघु वित्त वित्तीय संस्था, इन्फिनिटी लघु वित्त वित्तीय संस्था सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीभित्र परेका छन् । आज सोल्टी होटल र युनिलिभर नेपालको सेयर मूल्य घटेको छ ।