काठमाडौ ।
सदावहार नायीका करिश्मा मानन्धर लामो समय पछि आफ्नो मामा घर पुगेकी छन् । उनले त्यहाँ आफुले विताएको बाल्यकालको याद गरिन् । मामाघरमै हुर्किएकी करिश्माले त्यहाँ आफ्नो मितिनी समेत फेला परेकी छन् ।
भवानी आचार्य उनको मितिनी थिइन् । ३ कक्षामा पढ्दा उनीहरुले मितिनी लगाएका थिए । अकस्मात गाउँमा मितिनी भेर्टिपछि उनीहरुले निकै रमाइलो गरेका छन् ।
गाउँमा बिताएका रमाइला पल उनीहरुले सम्झिए । गाउँमा मकै बोकेको याद पनि गरे । सानैमा सबै साथीले आफुलाई माया गर्ने गरेको करिश्माको भनाई छ । नायीका बनेर अमेरिका पुगेपछि भवानी उनलाई भेट्न माइती पुगेकी थिइन् ।
तर उनले करिश्मा नेपालमै नभएको खबर पाएकी थिइन् । तर अकस्मात बच्चामा मितिनी लगाएको साथी आफ्नै घरमा पुगेपछि भवानी पनि अचम्म परिन् । उनीको अनुहारमा निकै खुसी देखिएको थियो ।
सानैमा पनि करिश्मासंग भवानी निकै नजिक थिइन् । अहिले भेट्दा पनि भवानीले अंगाले पछि उनले त्यो पुरानो सम्झना गरिन् । यो भवानी सानोमा पनि मसंग यसरीनै झु ण्डि रहने हो अहिले पनि त्यस्तै ।
उनले भवनीका परिवारका सबैसंग परिचय गरिन् । निकै रमाइलो गरेका करिश्मा र भवानीले केहीबेर निकै रमाइलो गरे । आफुसंगै गएका कलाकारहरुलाई करिश्माले आफु जन्मेहुर्केको ठाउँका बारेमा पनि जानकारी गराएकी थिइन् ।