अचम्मका ५ गिनिज बुक अफ वर्ल्ड रेकर्डहरू

हाम्रो सन्देश संवाददाता

गिनिज बुक अफ वर्ल्ड रेकर्डले अचम्मका कला देखाउने, शारीरिक परिस्थिति देखाउने लगायतका विधामा प्रमाणपत्र दिने गर्दछ । हालसम्म लाखौँले गिनिज बुकमा नाम लेखाइसकेका छन् । तीमध्ये केही साँच्चिकै अचम्मका विषय वस्तुहरू छन् ।

सबैभन्दा लामो कपाल
भारतको गुजरातकी निलांशी पटेल सबैभन्दा लामो कपाल भएकी महिला हुन् । उनको कपाल १९० सेन्टिमिटर लामो छ ।

सबैभन्दा सानी महिला
भारतकै ज्योति अमागेलाई संसारमै सबै भन्दा सानी महिलाको रूपमा चिनिन्छ । उनको उचाई जम्मा २४.७ इन्च छ । उनलाई गिनिज बूकले सन् २०११मा संसारकै सानी महिलाको रूपमा उभ्याएको हो ।

सबै भन्दा लामो नङ
अमेरिकाकी क्रिस वाल्टनको हातको नङ १० फिट २ इन्च छ । उनले विगत १८ वर्षदेखि आफ्नो नङ काटेकी छैनन् ।

सबैभन्दा लामो जुँगा
भारतकै रामसिंह चौहान नामका व्यक्तिको संसारमै सबभन्दा लामो जुँगा छ । उनी राजस्थाननिवासी हुन् । उनको जुँगाको लम्बाई १४ फिट रहेको छ । उनले विगत ३९ वर्षदेखि आफ्नो जुँगा काटेका छैनन् ।

आँखा बाहिर निकाल्ने
किम गुडमेन नामकी महिलाले आफ्नो आँखा ११ मिलिटर ०.४३ इन्चसम्म बाहिर निकाल्न सक्छिन । गिनिज बूकमा उनको नाम सबैभन्दा धेरै आँखा बाहिर निकाल्ने महिलाको नाममा दर्ज छ ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]