ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासन मिति परिवर्तन

हाम्रो सन्देश संवाददाता

फागुन ,२३ काठमाडौँ ।

यही फागुन २३ गतेदेखि सर्वसाधारणका लागि जारी गर्ने भनिएको प्राथमिक शेयर (आईपीओ) निष्कासनको मिति परिवर्तन भएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडको आग्रहमा आइपीओ निष्कासन मिति परिवर्तन भई दुई दिन अगाडि सारिएकाे हो । अब भने उक्त इन्स्योरेनसको आईपीओ फागुन २१ गते शुक्रबारदेखि खुला हुने भएको छ ।

अब यो आइपीओमा फागुन २१ गतेदेखि फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित छुट्टाइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो । शेयर लगानीकर्ताले १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। आईपीओ बाँडफाँट पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।