काठमाडौं, १८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नभएको बताएका छन् ।
आफूहरुले कांग्रेस र जनता समाजवादी पार्टीसँग मिलेर सरकार बनाउन चाहेको उनले बताए । सोमबार बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध उभिएका सबै दलहरुसँग सहकार्य गर्न चाहेको बताए ।
‘जसलाई सहमति गर्ने हो गरौं, हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन’ उनले भने, ‘कि हामी (अविश्वासको प्रस्ताव) दर्ता गर्छौं, संगै जाऊ । नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं । हामी प्रतिगमनका बाहकबाट मुक्ति चाहन्छौं ।’
पुस ५ मा संसद विघटन भएपछि दर्ता भएको अविश्वासको प्रस्ताव के हुन्छ त भन्ने प्रश्न दाहाल–नेपाल समूहका अध्यक्ष नेपालले यसबारे आफूहरुले भन्न नसक्ने बताए ।