काठमाडौं, १८ फागुन ।
सुनको मूल्य आज ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार ७ सय रुपैयाँले सस्तो भएर ८७ हजार रुपैयाँमा झरेको छ।
अघिल्लो दिन छापावाल सुन ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
आज तेजाबी सुनको मूल्य पनि सोही दरमा घटेर ८६ हजार ५ सय ५० रुपैयाँमा झरेको छ। सोमबार ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदी पनि आज ४० रुपैयाँ सस्तो भएको छ। आज प्रतितोला १२ सय ९० रुपैयाँमा चाँदीको कारोबार भएको संघले जनाएको छ।
यता अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस ११.९७ अमेरिकी डलर सस्तो भएको छ। एजेन्सीहरुका अनुसार आज १७ सय १३ दशमलव ०९ अमेरिकी डलर प्रतिऔँसमा सुनको कारोबार भएको छ।