एजेन्सी –
दक्षिण भारतीय सिनेमामा निकै चर्चित अभिनेत्री हुन् काजल अग्रवाल । उनी हालै विवाह बन्धनमा बाँधिएकी छन् । एक महिनाअघि विवाह गरेकी कागजले विवाहपछि आफुलाई भएको रोगवारे खुलासा गरेकी छन् । उनले आफुलाई भएको रोगबारे लजाउन नहुने भन्दै खुलासा गरेकी हुन् ।
अभिनेत्रीले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै रोगबारे बताएकी हुन् । उनले आफुलाई दमको रोग भएको बताएकी छन् । त्यसका लागि आफुले इन्हेलर प्रयोग गर्ने गरेको पनि खुलासा गरेकी छन् ।
दमको समस्याका बेला राहतका लागि इन्हेलरको प्रयोग गर्ने र यसमा लजाउनुपर्ने कुनै कुरा नभएको
काजलले इन्स्टाग्राममा आफ्नो तस्बिर साझा गर्दै आफूलाई दम भएको र इन्हेलरको प्रयोगले सहज जिवन बाँचिरहेको बताएकी छन् । उनले दमका रोगीहरुलाई इन्हेलरको निकै महत्व हुने पनि प्रकाश पारेकी छन् । उनले आफुलाई समस्या हुँदा सार्वजनिक रुपमा इन्हेलरको प्रयोग गर्दा आफुलाई कुनै लाजको महशुष नहुने पनि बताएकी छन् । दमको समस्याका बेला राहतका लागि इन्हेलरको प्रयोग गर्ने र यसमा लजाउनुपर्ने कुनै कुरा नभएको बताएकी छिन् ।
काजल अग्रवालले तस्बिर साझा गर्दै लेखिन्, ‘जब मलाई पाँच वर्षको उमेरमा आफूलाई ब्रोन्कियल अस्थमाबारे थाहा भयो तब मलाई राम्रोसँग याद छ कि त्यतिबेला मलाई मनपर्ने खानबाट बन्देज लगाइएको थियो । एउटा सानो बच्चीलाई चकलेट र दुधवाट बनेका चिज खान बन्देज लगाउँदा त्यो बालिकाले के महशुष गर्छ होला तपाईले अनुमान लगाउन सक्नुहुन्छ ?
तर विस्तारै आफु यस कुरामा अभ्यस्त भएको पनि उनको भनाई छ । उनलाई यात्रा गर्दा धुँवा धुलोजस्ता चिजले अत्यधिक समस्यामा पार्ने गर्छ । त्यती बेला उनले इन्हेलरको प्रयोग गर्ने गरेको बताएकी छन् । इनहेलरको महत्व बुझाउँदै उनले थपिन्, ‘म आफैंले परिवर्तन भएको महसुस गरेकी छु । इन्हेलरको प्रयोगले मैले असाध्यै आराम महसुस गरेँ ।