चर्चामा आउन आमिर खानकी छोरीको यस्तो हर्कत

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

‘मिस्टर पर्फेक्सनिष्ट’का उपनामले समेत चर्चित बलिउड अभिनेता आमिर खानकी छोरी इरा खानले पनि चर्चामा आउनको लागि अनेकन हर्कत गरेकी छिन् ।

केही समय अगाडी मात्र इराले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै डिप्रेशनको खुलासा गरेकी थिइन् । पछि फेरि आफ्नै बुबाको जिम ट्रेनरसँग प्रेममा रहेको खुलासा गरेको थिइन् ।

यस्तै फन्डा गर्ने क्रममा इराले जंगलमा केही फोटोसुट गरेकी छिन् । इन्स्टाग्राममा ३ लाख ८१ हजार भन्दा बढी फ्लोअर्स कमाएकी इरालाई चर्चामा आउनकै लागि अनेकन हर्कत गर्ने गरेको प्रतिक्रया आउने गरेको छ ।

इरा आमिर खान र उनकी जेठी श्रीमती रिना दत्ताकी सन्तान हुन् ।

आमिर र रीनाले सन् १९८६ मा विवाह गरेका थिए । इराबाहेक दुबैका जुनैद नामका छोरा पनि छन् । सन् २००२ मा आमिर र रिनाको सम्बन्धविच्छेद भयो ।
सन् २००५ मा आमिरले किरन रावसँग दोस्रो विवाह गरे । यी दुईले सन् २०११ मा आजाद नामका छोरालाई सरोगेसीमार्फत् जन्म दिए ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]