काठमाडौं, १७ फागुन ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले पशुपति आर्यघाटमा दाह संस्कारका लागि दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् । सोमबार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक दुईदिने राष्ट्रिय गोष्ठीको उद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले पशुपति आर्यघाटमा दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।
दाह संस्कारका लागि वन तथा वातावरण मन्त्रालयले निःशुल्क दाउरा उपलब्ध गराउने उनको भनाइ छ । ‘पशुपति आर्यघाटमा १२-१५ हजार तिरेर दाह संस्कार गर्न दाउरा किन्नुपर्ने अवस्थामा कम्तिमा यो निःशुल्क गर्नुपर्छ भनेर मेरो मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ,’ उनले भने, ‘यसैपल्ट यो लागू गर्दैछौं ।
केपी ओलीमा नैतिकता हरायो: पम्फा भुषाल
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षकी स्थायी समिति सदस्य पम्फा भुषालले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नरहेको बताएकी छन् । सोमबार नेकपा निकट पेसागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा सभालाई सम्बोधन गर्दै भुषालले केपी ओलीको कदमलाई सर्वोच्च अदालतले पराजित गरेपनि पदबाट राजीनामा नदिने हुंकार गरिरहेकाले उनमा नैतिकताको खडेरी परेको पनि बताइन् ।
ओलीकै कारण नेपालमा नै नैतिकताको राजनीति हराउँदै जान थालेको भुषालको भनाई छ । उनले एउटा संवैधानिक अंग सर्वोच्च अदालतले संविधानसम्मत निर्णय गरेपनि अर्को संवैधानिक निकाय निर्वाचन आयोगले विधिसम्मत निर्णय गर्न नसक्दा प्रश्न उठ्न पुगेको बताइन् । उनले सर्वोच्चको फैसलापछि मुलुक अग्रगमनको दिशातर्फ अघि बढ्न पुगेको भन्दै आयोगले पनि त्यसतर्फ ध्यान दिने र सहि निर्णय गर्नेमा आफु विश्वस्त रहेको बताइन् ।