सुनचाँदीको मुल्य वृद्धि

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ फागुन ।

सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ८८ हजार ७०० सय रुपैयाँमा कारोबार भैरहको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ४०० रुपैयाँले बढेर प्रतितोला ८८ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

स्मार्टडोको नेपालमा उच्च मूल्याङ्कन, ई–कमर्सको रूपमा मान्यता प्राप्त

नेपाली ई-कमर्स् कम्पनी स्मार्टडोकोले भर्खरै आईएमएस ग्रुपको लगानी पछि ४.५ अंक सहित नेपालमा उच्च मूल्याङ्कन ई-कमर्स् एपको रूपमा मान्यता प्राप्त गर्न सफल भएको छ । स्मार्टडोको एक अनलाइन सपिङ्ग गन्तव्य हो जस्मा विभिन्न थरीको सामानहरु ग्राहकलाई बिना झन्झट एक क्लिकमै उपलब्ध गराइन्छ ।
स्मार्टडोकोले आफ्नो वेबसाइट र मोबाइल एप्लिकेसनलाई पुनः सुधार गरी दुई महिना अघि पुनः सुरू गरेको थियो । स्मार्टडोकोसँग अहिले १०,००० भन्दा बढि सामानहरू छ र यसले हरेक दिन आकर्षक बिक्रि र आश्चर्यजनक कारोबार गर्ने गर्दछ ।
ग्राहकहरुले पाउने थप सुविधाहरु यस्ता रहेका छन् :
-रिंगरोड भित्र निः शुल्क डेलिभरी -हरेक खरीदमा रिवार्ड पोइन्ट – भारी छुट र छुट कुपनहरू -सजिलै रिटर्न गर्न सकिनेछ -भुक्तानी विकल्प (नगद , कार्ड , सेलपे ,ईसेवा , मास्टरकार्ड)

सर्वप्रथम, छोटो समयको दौरानमा स्मार्ट डोकोलाई नेपालमा सबैभन्दा उच्च मूल्याङ्कन गरिएको ईकमर्शका रुपमा स्थापित गर्न सफल भएको छ । उत्कृष्ट सामान, मूल्य तथा कारोबार एवं उत्साहजनक अभियान मार्फत ग्राहकहरुको सन्तुष्टि प्रदान गर्न र अपेक्षा बढाउन प्रयासहरु केन्द्रित गर्ने स्माटडोकोले जनाएको छ ।