पटक-पटक पिसाब पोल्ने समस्या देखियो?हुनसक्छ यो रोगको संकेत।बेवास्ता बिल्कुलै नगर्नुहोस

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

क्यान्सरसँग हामी अझै भयभित छौ । आधुनिक विज्ञानले समेत यो समस्याको पूर्ण हल खोजिसकेको अवस्था छैन। त्यही कारण क्यान्सरको कारण विश्वमा लाखौ मानिसले ज्यान गुमाइरहेका छन्।तर, प्रारम्भिक चरणमा क्यान्सर भएको थाहा भएमा त्यसको उपचार संभव छ। त्यसैले यसको संकेत थाहा पाएपछि परीक्षण गराइहाल्नुपर्छ, ताकि भविष्यमा जटिलता उत्पन्न नहोस्।क्यान्सर शरीरका जुनसुकै अंगमा हुन सक्छ। पछिल्लो समयमा यो शरीरका ती भागहरुमा पनि फैलिन थालेको छ, जुन भागमा पहिले क्यान्सर लाग्दैनथ्यो। जस्तो कि यूरिनरी ब्लडर अर्थात्, मुत्राशय, कान, यहाँसम्म कि यौनांगमा समेत।

के हो युरिनरी ब्लडर ?पुरुष तथा महिलाहरुमा यूरिनरी ब्लडर एक प्रकारको मांसपेशीहरुको कोष हो जसले दुवैको शरीरमा यूरिनरी फङ्सन कार्यान्वयन गर्छ।महिला र पुरुषहरुको अलग-अलग शारीरिक ढाँचाका कारण ब्लडर क्यान्सरको कारक पनि दुवैमा फरक-फरक हुन्छन्। अतः यहाँ ब्लडर क्यान्सरसँग जोडिएका विभिन्न तथ्यहरु प्रस्तुत गर्दैछौं।

तथ्य १ः सुक्ष्म संकेत:जुन प्रकारले ब्रेन ट्यूमरको संकेत बारम्बार टाउको दुख्नु हो, त्यसको ठीक उल्टो ब्लडर क्यान्सरको संकेत अत्यन्त सुक्ष्म हुन्छ।धेरैले त यी संकेतलाई पिशाबको इन्फेक्सनका रुपमा पनि हेर्छन्। त्यसैले समय रहँदै यो क्यान्सर पत्ता लगाउन अति आवश्यक छ।

तथ्य २ः मुख्य संकेत महिलाहरुमा ब्लडर क्यान्सरको मुख्य लक्षण हो, योनीमा जलन हुनु, कालो पिशाब आउनु, पिशाबमा रगत देखिनु, र बारम्बार यूरिनरी इन्फेक्सन हुनु।

तथ्य ३ः महिलाहरुको मृत्यूदर बढि यदि आँकडालाई हेर्ने हो भने महिलाहरुको तुलनामा पुरुषहरुमा ब्लडर क्यान्सरको सम्भावना बढि हुन्छ। तर, जब महिलाहरु यस क्यान्सरको शिकार हुन्छन्, उनीहरुको मृत्यूदर उच्च हुन्छ।यो यसकारण कि महिलाहरुको हकमा यसको परिक्षण नै ढिलो हुन्छ। समय रहँदै उनीहरुको उपचार हुन पाउँदैन।

तथ्य ४ः खतरनाक हुन्छ धुम्रपान ब्लडर क्यान्सरबाट पिडित व्यक्तिहरुमा यसको फरक–फरक कारण हुन सक्छन्। तर महिलाहरुमा धुम्रपान यसको सबैभन्दा ठूलो कारण देखिएको छ। किनकी चुरोटमा रहने टक्सिनले यस क्यान्सरको टिस्यूजहरुलाई बढाइदिन्छ।

तथ्य ५ः वेवास्ता नगरौं यूआईटीलाई बारम्बार युरिनरी इन्फेक्सन भयो भने क्यान्सरको सम्भावना ठूलो हुन्छ। साथै महिलाहरुमा युरिनरी इन्फेक्सन र ब्लडर क्यान्सरको संकेत पनि लगभग एक समान नै हुन्छन्। त्यसैले तपाईंलाई पनि बारम्बार युरिनरी इन्फेक्सन भयो भने तुरुन्तै डाक्टरलाई जँचाइहाल्नुपर्छ ।

तथ्य ६ः आनुवंशिकता यदि तपाइर्ंको परिवारमा हजुरआमा, आमा वा अरु कोही महिला सदस्यलाई ब्लडर क्यान्सर भएको छ भने तपाईंलाई पनि यो रोग हुन सक्ने सम्भावना रहन्छ। किनकी यो एउटा वंशाणुगत रोग हो।

तथ्य ७ः उपचार ब्लडर क्यान्सरको उपचार यसमा निर्भर गर्छ कि यो कति फैलिइसकेको छ। रेडियसन थेरापी, किमोथेरापी र सर्जरीमार्फत यसको ट्यूमरलाई हटाउन सकिन्छ।

तथ्य ८ः प्रजनन नहुने खतरा ब्लडर क्यान्सर भएका महिलाहरुलाई सही उपचारपछि पनि प्रजनन नहुने उच्च सम्भावना रहन्छ। यो यसकारण कि ब्लडर क्यान्सरको उपचारका दौरान फर्टिलिटी हार्मोन्स र अन्डा पनि नकारात्मक रुपबाट प्रभावित हुन्छन्।

तथ्य ९: अनियमित डिस्चार्ज आरुपमा महिलाहरुमा सेतो स्खलनको समस्या पाइन्छ। यसलाई ‘यीस्ट इन्फेक्सन’ को संकेत मानिन्छ।जबकि अनियमितरुपमा स्खलनको समस्या कम देखिन्छ। तर ब्लडर क्यान्सर यो एक प्रकारको बिमारीको सूचक हुन्छ । यसैले समयमै परिक्षण गराउनुपर्छ।