मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो साता पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनु पर्नेछ । यो साताका लागि शुभअङ्क १,८ र शुभरङ्ग गुलाबी वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको ध्यान गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो साता रमाइलो यात्राको योग रहेको छ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । नयाँ काममा जुट्ने समय छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । यो साताका लागि शुभअङ्क २,९ र शुभरङ्ग घ्यूरङ्ग वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो साता बन्धुबान्धव, दाजुभाइ र साथीको सहयोग र हौसला मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ । साताको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ४,६ र शुभरङ्ग घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट सफलता मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यो साता मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । जग्गाजमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । यो साताका लागि शुभअङ्क ४,७ र शुभ रङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व शिव भगवानको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): यो साता रोकिएका अधुरा पुराना कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । मध्य सातामा जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । यो साताका लागि शुभअङ्क २,६ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता बेला बेलामा मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । जिम्मेवारीमा गरेको काममा समस्या आउन सक्छ, संयम रहनु होला । मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग हरियो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शनगरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यो साता मंगल कार्यको योगछ । राजनीतिक कार्यमा ख्याती कमाउने योग छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोतपनि बढ्नेछन् । साताको अन्त्यमा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ५,७ र शुभरङ्ग रातो वा सुन्तलारङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शनगरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो साता दैनिक कार्यहरूमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ प्रे।म । जीवन सबल र सफल रहनेछ । वैदेशिक क्षेत्रको काम पनि अघी बढ्नेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग गुलाबी वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको दर्शनगरि यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): महत्त्वपूर्ण कामको थालनी हुनेछ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । सहयोगी हातहरू अघि बढ्नेछन् । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यो साता समय व्यवस्थापन गर्न गारो पर्नेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मध्य सातामा मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभअङ्क ३,९ र शुभरङ्ग पहेंलो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): यो साता ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख मिल्नेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभरङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व पितृहरूको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): साताको सुरुक दिनमा फजुल खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको मध्यमा शुभ समाचार सुन्न पाइनेछ । आर्थिक वृद्धिका साथै सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क ३,७ र शुभरङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शनगरि यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।