पल साह जेल जान सक्ने, कु टे निर्देशक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नायक पल साहवि रु द्ध प्रहरीमा उ जुरी परेको छ । आफूमाथि दु र्व्य वहा र र कु टपि ट गरेको भन्दै चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले पलवि रुद्ध इलाका प्रहरी कार्यालय धरानमा उ जुरी दिएका हुन् । प्रधानको निवेदन परेपछि साहलाई शुक्रबार दिउँसो छलफलका लागि बोलाइएको इलाका प्र हरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । म्युजिक भिडियोको सुटिङका लागि धरान आएका साहको निर्देशनमा सहयोगी कृष्णप्रसाद जोसीले आफूमाथि आ क्रम ण गरेको प्रधानको दाबी छ । कु ट पि ट अघि दु व्य र्व हा र गरेका साहले होटल ज्वाई खानामा रहेका बेला ८–१० जनाको टोली नै बोलाएको प्रधानले बताए । ‘कार्यक्रमका विषयमा छलफल गर्दा उनले दु व्र्यव हार गरे,’ प्रधानले भने, ‘त्यहीँबाट ८–१० जना केटाहरु बोलाए, उनीहरुले मलाई चिनेका कारण पछि हटे । साहको निर्देशनमा जोसीले आ क्रम ण गरे ।’

आफूमाथि आ क्रम ण भएपछि उजु री गरेको उनले बताए । ‘म्युजिक भिडियोको सुटिङका लागि आउनु भएको थियो, लोकेशन हेर्नेदेखि सबै विषयमा मैले सहयोग गरेँ,’ उनले भने ‘तर ममाथि नै आ क्र मण भएपछि उजु री दिए ।’ साहले म्युजिक भिडियोको सुटिङ बिहीबार नै सकेका थिए ।
पल शाह के भन्छन् त?

नायक पल शाहले चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधानले आफूमाथि दु र्व्यव हार गरेको बताएका छन् । अरुणले पलविरुद्ध इलाका प्रहरी कार्यलय धरामा उजु री दिएको खबर सार्वजनिक भएसँगै कुरा गर्दै पलले भने–‘हामी म्यूजिक भिडियो छायांकनका लागि धरानमा छौं । खाना खाने क्रममा अरुणजीले मलाई र मेरा सहयोगी कृष्णप्रसाद जोशीलाई दु र्व्य वहार गर्नुभयो ।’

पलले अगाडि भने–‘एउटा कार्यक्रमका लागि अरुणजीले मलाई जानुपर्छ भनेपछि मैले मेरो म्यानेजर कृष्ण जोशीसँग कुरा गर्न भनेको थिएँ । यसपछि अरुणजीले मलाई ए यो भाई ठूलो भएको, म यसको नाम हटाइदिन्छु भन्दै औला नै ठ ड्या एर कुरा गर्नुभयो । कृष्णले अरुणजीलाई तपाइले बोल्ने तरिका यही नै हो, हामी त गेष्ट हौं भनेका थिए । मलाई अरुणजीले उल्टै औंला देखाएर पिट्न खोज्नुभयो ।’ सोही समयमा कृष्ण र अरुणविच ध केला धकेल पनि भएको पलले बताए । पलले भने–‘सामान्य वि वा द भएपछि हामी अर्को टेबलमा खाना खान गयौं । होटलका वेटरहरुले मेरो धरानको बेष्ट फ्रेन्डलाई फोन गर्नुभएछ । यसपछि २–३ जना साथीहरु आउनुभयो । उहाँहरुले के भयो भनेर सोध्नुभयो, अनी हामी त्यहाँबाट निस्कियौं । भएको यत्ती मात्र हो ।’

सुटिङमा यतिसम्म हुने रहेछ

पलले कुनै पनि कार्यक्रममा जाने वा नजाने कलाकारको आफ्नो निर्णयको कुरा भएको भन्दै हरेक व्यक्तिलाई सम्मान गर्न आवश्यक रहेको बताए । उनले भने–‘हामी त धरानमा आफ्नो कामका लागि आएका थियौं । अरुणजीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जाने वा नजाने मेरो व्यक्तिगत कुरा हो । तर, मैले म्यानेजरसँग कुरा गर्नुहोस् भन्दा उल्टै ठूलो भएको, घमण्डीपना देखाएको भन्दै दु व्र्य व हा र गर्न खोजियो ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]