काठमाडौं, १५ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक वामदेव गौतमले भेटवार्ता गरेका छन ।
केही समयअघि सकिएको भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राख्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच छलफल भएको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले सञ्चारर्मीलाई बताएका छन ।
उहाँहरुबीच करिब एक घण्टा छलफल भएको बताए ।
“हिजो बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो, आज अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभयो, छलफलमा पार्टी एकताको प्रस्ताव उहाँले दुवै अध्यक्षसँग राख्नुभएको हो” स्वकीय सचिव बताए ।