काठमाडौं, १३ फागुन ।
गायिका अञ्जु पन्त र थीर कोइराला विवाह बन्धनमा बाधिएकी छिन् । बुधबार गायिका अन्जु र थीरले पाटनस्थित एक चर्चमा विवाह गरेका छन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो राखेकी छिन्।
उक्त भिडियोमा अन्जुले धेरै माया नदेऊ मलाई बोलको आफैँले गाएको गीतमा टिकटक पनि बनाएकी छन्। केही समय अगाडि अञ्जु पन्तले छोरी पारितोषिकालाई डेब्यू गराएको गीत ‘धेरै माया नदेउ मलाई’ गीतको प्रमोशनमा विवाहको प्रसँग धेरै निष्किएको बताएकी थिइन्।
अञ्जुलाई छोरी पारितोषिकाले विवाह गर्न दबाब दिएको अन्जुले दिने प्राय हरेक अन्तर्वार्तामा पनि भन्दै आएकी थिइन्। गायिका पन्तको फाउन्डेसनमा पनि थीरले काम गरेका छन्। साथी हुँदै उनीहरु जीवनसाथी बनेका छन्। गायिका पन्तको एक दशक अगाडि गायक तथा संगीतकार मनोजराजसँग डिभोर्स भएको थियो।