महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुँदै

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ फागुन ।

महिला लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आफ्नै कार्यालय हात्तिसार काठमाडौंमा बिहान ८ बजे आइपीओ बाँडफाँड हुने कार्यक्रम तय भएको छ ।गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ ।

यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ४० हजार ४८ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका हुन् । यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख भन्दा धेरै जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् ।