काठमाडौं, १२ फागुन ।
विप्लव नेतृत्वको सरकारद्धारा प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) केन्द्रिय नेता मदन चन्द ३८ दिन पछि अदालतको आदेशपछि रिहा भएका छन ।
संगठनको केन्द्रीय सदस्य तथा काठमाडौं र ललितपुर जिल्ला इन्चार्ज समेत रहेका चन्दलाई माघ ४ गते काठमाडौंको गोगंबुबाट प्रहरीले गिरफ्तार गरेको थियो । गिरफ्तार पछि हिरासतमा राखेर नेता चन्दलाई प्रहरीले अभद्र ब्यवहारको मुद्दा चलाएको थियो ।
चन्दलाई हिजो अदालतले दोस्रो पटक परेको बन्दिप्रत्यक्षिकरणको रिटमाथी सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको थियो । साथै उनलाई यो भन्दा पहिले रिहा गर्न आदेश दिए पनि प्रहरीले अदालत परिसरबाटै पुन गिरफ्तार गरेर मुद्धा चलाएको थियो ।
सरकारले प्रतिबन्ध लगाय पछि मात्र अखिल क्रान्तिकारी संगठनका दर्जनौं कार्यकर्तालाई सरकारले बिभिन्न मुद्धामा लगायर हिरासत तथा जेलमा राखेरको छ । तर केही केन्द्रिय नेता भने खुलेयाम घुम्ने डुल्ने र संगठन र संघर्ष भन्दा अर्थोपार्जन काम गरिरहेको अखिल क्रान्तिकारी भित्र व्यापक आलोचना हुने गरेको छ । त्यति मात्रै नभएर कतिपयले गिरफ्तार पछि प्रसासनमा लिखित आत्मासमर्पण गरे तुरुन्तै निस्केको भनी सिङ्गो पार्टी पंक्तिमा रिपोर्ट पुगेको आन्तरिक आत्माआलोचना सहित सचेत गराइएको अखिल क्रान्तिकारीका एक केन्द्रिय सचिवालय नेताले बताएकाछन ।