सुनको मूल्य वृद्धि,कतिमा हुँदैछ काराेबार ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ११ फागुन ।

नेपाली बजारमा मंगलवार (आज) सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार रहेको थियो । त्यस्तै आज तोलामा ११ सयले बृद्धि भइ प्रतितोला सुन ९० हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ८९ हजार ६ सय ५० रहेको छ ।

सोमवारको तुलनामा आज प्रतितोला चाँदीको मूल्यमा २५ रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १३ सय ३५ रहेको थियो भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १३ सय ६० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

बरुण हाइड्रोपावरको नाफा घट्नुमा कम्पनीको यस्तो छ भनाई

काठमाडौं : बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ८७ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नाफा गत वर्षको भन्दा ६१.६१% ले थोरै हो । गत वर्ष कम्पनीले २ करोड २९ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको विद्युत बिक्रीबाट प्राप्त हुने आम्दानी पनि ३३.५३% ले घटेर ३ करोड ५८ लाख रुपैयाँमा सीमित भएको छ ।

गत वर्ष यसले विद्युत बेचेर ५ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी घट्दा कम्पनीको नाफा पनि घट्न पुगेको देखिन्छ । यस्तै, कम्पनीले यस आर्थिक वर्षमा प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकोले गर्दा पनि नाफा घटेको जनाएको छ ।

पुस मसान्तसम्म आइपुग्दा बरुणको चुक्ता पुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १ करोड १५ लाख रुपैयाँ छ । बरुणको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ३३ पैसा रहेको छ ।