आज फागुन ९ गते आइतबार, पाथिभरा माताको दर्शन गर्दै हेरौं राशिफल

हाम्रो सन्देश संवाददाता

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
विबाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । स्वास्थ्य कमजोर रहे पनि सहयोगीहरू जुटाउन सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैया पैसा तथा अन्नको लाभ हुने दिन छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा फाइदा होला । पढाइ लेखाइमा प्रगति हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आज तपाइको धन लाभको योग छ । साथै, दिन खुशी साथ बित्ने छ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । ऋण सापटी लिनदिन आजको दिन अनुकूल छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
नयाँ ठाँउको यात्राको योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित हुनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । टाढाको यात्राबाट केही धनको पनि आर्जन हुनेछ । व्यापार बढ्ने, यात्रा हुने र भेटघाटले मनलाई हर्षित बनाउनुको साथै पराक्रम बढ्ला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गाह्रो पर्ला । सामान्य रोग ब्याधले पनि सताउन सक्छ । समय मध्यमस्तरको छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ । सोचे अनुरुप काम नहोला । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
अरुको काम धेरै गर्नु पर्ला । तर, जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ । छर छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन्, दिन मध्यम खालको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
स्वास्थ्यमा सुधार हुने छ । नयाँ काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । तर, शारीरिक अस्वस्थताको सम्भावना छ । आम्दानीमा कमी आउने छैन तर निरर्थक र प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
बौद्धिक कार्यबाट थोरै भए पनि लाभ हुनेछ । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धन लाभ होला । विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । अनौठो खबर सुन्न्न पाइएला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कुरा काट्नेहरु प्रसस्थ बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसंग बादविवादको पनि संभावना छ । परिवारजनमा असमझदारी बढ्नेछ । मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन्, सावधान रहनु होला । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । जागिरमा पनि समस्या देखा पर्न सक्छ । धन मान पाउने योग छ । राजनितीमा आफ्नो बर्चस्व बढाउन सकिने छ । तपाइले गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ । पढाइ तथा ब्यापारमा प्रगती हुने दिन रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै, पाहुना आगमनको पनि योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल हुने योग छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । बैदेशिक क्षेत्रको लगानी खेर जादैंन ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भोज भत्तेरमा सम्लग्न भै ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ । ब्यापारमा पनि फाइदा होला । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।