प्रचण्डलाई मैले सिङजुरो हालिदिएको थिएँ, लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो : ओली

हाम्रो सन्देश संवाददाता

विराटनगर, ८ फागुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २/४ सिटमा समित हुने प्रचण्डलाई आफूले सिङजुरो होलिदिएपछि अहंकारी बनेको बताएका छन् ।

बिराटनगरमा शनिबार भएको आमसभालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष समेत रहेका ओलीले अब प्रचण्डको नियति असफलता बाहेक केही नहुने बताएका छन ।

‘२/४ सिटमा सिमत हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिएँ’ उनले भने, ‘लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । उहाँले हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’

पहिले बैद्यले छाडेपछि डाक्टरलाई साथ पाएका प्रचण्डसँग अहिले झाँक्री रहेको भन्दै प्रधानमन्त्री ओलीले अघि भने, ‘अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।

त्यस्तो नहोस् भन्ने चाहेको भन्दै उनले अझै पनि र्फकन चाहे आउन आग्रह गरेका छन । ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अघि भने, ‘उहाँ फर्किने बाटोमा हुनुहुन्न, भिडबाट लडनेलाई राम भन्न सकिन्छ काध हाल्न सकिन्न ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।