कोरोना खोप लगाएका कांग्रेस नेता दाहालको निधन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ फागुन ।

नेपाली कांग्रेसका नेता तथा समाजसेवी मित्रसेन दाहालको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहालको आज बिहान सरस्वती नगर, कपनस्थित निवासमा निधन भएको हो । गत आम निर्वाचनमा ओखलढुंगा–१ बाट प्रदेश सांसदका उम्मेदवारसमेत रहेका दाहाल नेपाली कांग्रेस, ओखलढुंगाका सचिवसमेत भएका थिए ।

एक महिनाअघि कोरना संक्रमित भएर निको भएका दाहालले तीन दिनअघि मात्र कोरोना खोप लगाएका थए । जेपी प्रतिष्ठान लप्सीफेदीमा आश्रम सञ्चानल गरेर समाजसेवामा सक्रिय दाहालका झन्डै दुई दर्जन कृति पनि प्रकाशित छन् ।

२०७४ सालको निर्वाचनमा उनी ओखलढुंगाको क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यको उम्मेदवार थिए। तर उनी नेकपाका अम्बिरबाबु गुरुङसँग पराजित भएका थिए। दाहालमा मिर्गौलाको समस्या देखिएपछि यो रोगबाट पीडित अन्य बिरामीको समेत उपचारको समन्वय गर्दै आएका थिए। उनी दाहाल प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य पनि हुन्।