प्रकाशको गीतमा बुढेसकालको प्रेम (भिडियोसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं–

गायक प्रकाश ओझा र गायिका सिर्जना खत्री ‘हाउडे माया’को स्वरमा नयाँ गीत ‘तेरो बाउ’ सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलको निर्माणमा तयार भएको गीतको भिडियोमा प्रकाश र सिर्जना फिचर्ड छन् । गतिमा प्रकाशकै शब्द र संगीत छ ।

पाको उमेरमा पुरुषहरु युवतीको जालमा फसेपछि जिन्दगी बर्बाद बनेको कुरालाई व्यंग्यात्मक रुपमा भिडियोमा प्रस्तुत गरिएको छ ।

वसन्त निरौला निर्देशित भिडियोमा रामशरण जंगमको पनि अभिनय छ । भिडियोमा दिव्यराज सुवेदीको छायांकन र सुप्रिम पराजुलीको सम्पादन छ ।