जन्मदिनको अवसरमा इन्द्र दोङ्ग लामा खम्बे द्वारा अनाथालयमा भोजन तथा नगद रकम सहयोग

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

लोकप्रिय हास्य टेलिशृंखला हर्के हल्दारको निर्माता निर्देशक, चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बेले आफ्नो जन्मदिन तारकेश्वर -३ ठुलागाउँमा अबस्थि मातृ नेपाल अपाङ्ग संघ द्वारा संचालित बालगृह मदर नेपाल चाईल्ड होममा आश्रित ४० जना बालबालिकाहरुको साथमा भोजन गराउंदै तथा नगद रकम सहयोग गरेर मनाएका छन्। समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्दै आएका चर्चित कलाकार तथा गायक इन्द्र दोङ्ग लामा खम्बे संधै सेवामा तत्पर रहन्छन। कोभिड-१९ तथा लक्डाउनको समयमा उनले सयौ घर परिवारलाई आफ्नै खर्चमा राहत वितरण गरेका थिए।

उनको जन्मदिनको अवसर तथा भोजन वितरण कार्यक्रममा कलाकार तथा संचारकर्मी सुर्य चन्द, संचारकर्मी रोशन पोखरेल, हर्के हल्दारका कलाकार सरु दाहाल ‘देउती’ बिनोद परियार तथा बिन्दा दुलाल लगायतका अन्य उपस्थित महानुभाबहरुले जन्मदिनको शुभकामना ब्यक्त गरेका थिए। उक्त अबसरमा इन्द्र दोङ्ग लामा खम्बेले सदैब यसरिनै आफ्नो जन्मदिन मनाउदै आएको र आगामी दिनमा समेत निरन्तरता दिने बताए।

बिगत डेढ दशक देखि कलाकारिता क्षेत्रमा लागेर आम नेपाली दर्शकहरुको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल व्यक्ति हुन् चर्चित कलाकार इन्द्र दोङ्ग लामा खम्बे । काठमाडौँ तारकेश्वर नगरपालिका चौगाउँका स्थायी बासिन्दा खम्बे सानै देखि कलाकारितामा रुचि राख्दै आएका थिए । सडक नाटक हुदै आफ्नो कलाकारिता सुरु गरेका बहुप्रतिभाका धनि कलाकार इन्द्र दोङ्ग खम्बेले सुरुवाती दिनहरुमा नै नेपालका चर्चित तथा बरिष्ट हास्य कलाकार मदन कृष्ण श्रेष्ठ तथा हरि बंश आचार्य संग सहकार्य गर्दै विभिन्न टेलिचलचित्रहरुमा अभिनय गर्ने मौका पाएका थिए ।

मह चौतारी, विभिन्न सडक नाटक, प्रहरी अनुरोध, गाइजात्रा तथा मेला महोत्सब बाट कलाकारितालाई निरन्तरता दिदै आएका उनले पछिल्ला दिनहरुमा एक पछि अर्को चर्चित हास्य टेलिचलचित्रहरु निर्माण गर्दै आएका छन् । कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र हर्के हल्दारका निर्माता निर्देशक तथा चर्चित पात्र समेत रहेका उनले टेली चलचित्र मार्फत नेपाली जन समुदाय माझ सदभाब, एकता तथा भाइचाराको संदेश समेत फैलाउदै आएका छन् ।

उनले हर्के हल्दार संगै काठमाडौँको धर्मस्थलीमा आफ्नै सुटिङ स्टुडियो निर्माण गरेर विभिन्न म्युजिक भिडियो, टेलीचलचित्र, वृतचित्रहरु निर्माण गर्दै आएका छन् । मिलनसार, हासिरहने मिजासिला स्वभाबका कलाकार खम्बे अन्य कलाकार तथा प्राबिधिकहरुको पनि प्रिय पात्रको रुपमा परिचित छन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]