काठमाडौँ ,६ फागुन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी जुलुस निकाल्ने अवस्थामा नरहेको बताएका छन् ।
बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भने जुलुस हेरेर फैसला गर्ने अवस्था आए पनि कांग्रेसले जुलुस निकाल्न सक्दैन ।
सभापति देउवाले जुलुस निकाल्न पैसा चाहिने बताउँदै भने, ‘हामीसँग पैसा पनि छैन ।
जबरजस्ती बोलाउन पनि सक्दैनौँ । उनले क्रियाशील सदस्य लिने बेलामा मारामार भएपनि आन्दोलनमा क्रियाशील मात्र आउन भन्यो भने नआउने गुनासो गरे ।
आज क्रियाशिल सदस्यता दियो, त्यही भोली आन्दोलनमा आउँदैन उनले भने अनि कसरी आन्दोलन गर्नु र जुलुस कसरी निकाल्नु ?
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हठात स्थितिमा प्रतिनिधिसभा विघटन गरेर देशलाई ध्रुविकरणमा लगेको आरोप लगाए ।
अहिले देश संसद पुनस्र्थापनाको पक्ष र विपक्षमा बाँडिएको बताउँदै भने अदालतले पुनस्थार्पना गर भन्यो भने स्वीकार गछौँ, चुनाव गर भन्यो भने पनि स्वीकार गछौँ ।
अदालतले गर्ने फैसला कांग्रेसलाई स्वीकार्य हुने बताउँदै सभापति देउवाले भने तर, जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न हँुदैन । अदालतको फैसला मान्नुपर्छ ।
कांग्रेसले महाधिवशेनको नयाँ मिति आगामी भदौ ७ देखि १० गतेसम्म प्रस्ताव गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका लागि पनि नयाँ कार्यतालिका प्रस्ताव गरेको छ ।
कांग्रेसले यसअघि महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरे पनि कोभिड–१९ संक्रमणका कारण प्रभावित भएपछि नयाँ कार्यतालिकाबारे निर्णय गर्न
केन्द्रीय समिति बैठक बोलाएको हो ।