निर्वाचन कांग्रेसले जित्छ, ओली समूह दोस्रो हुन्छः गोकुल बास्कोटा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,६ फागुन ।

प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले प्रचण्ड–माधव नेपालहरूले घरमा आगो लगाएर भागेको टिप्पणी गरेका छन् ।

गृहजिल्ला काभ्रेमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले आफ्नै घरमा आगो लगाउनेहरूलाई दण्ड दिइने चेतावनी दिए । उनले घरमा डडेलो लगाउनेहरूलाई दण्ड दिनुपर्ने बताए ।

‘हामीलाई दण्ड दिन चाहने साथीहरू । केही साथीहरू यस्ता छन्, अन्यथा नलागोस्’, उनले भने, ‘जसले इतिहासमा लाशको खातमाथि शंखधुन बजाएर त्यसलाई सरस्वतीले बजाएको विना

जस्तो ठाने । ती साथीहरू अहिले प्रधानमन्त्रीलाई प्रतिगमन ग¥यो भनेर शंख फुक्दै छन् । यो नक्कली कुरा हो । ढाँट कुरा हो ।’

नेकपाका नेता बास्कोटाले कांग्रेसले जित्ने सम्भावना रहेको बताए । कांग्रेसले जित्न नसके ओली समूहको नेकपाले जित्ने भन्दै उनले प्रचण्ड–माधव समूहलाई पत्तासाफ बनाउने चेतावनी दिएका छन् ।

‘केही पाखण्डीहरू यही मात्रै देख्छन् । म भोट माग्दैन’, उनले भने, ‘सहि मूल्यांकन गर्ने बेलाए आएको छ । यात कांग्रेस जित्नेछ । या त केपी ओलीले नेतृत्वको गरेको नेकपाले जित्नेछ ।’

‘पापीलाई यो देशमा ठाउँ छैन । को–को अलमलमा पर्ने हो ? परुन्’, उनले भने, ‘पार्टीले दिएको ठाउँमा थान्कोमा बस्न नसकेपछि जुन घरमा बस्यो त्यही घरमा डडेलो लगाएर

हिँड्नेहरूलाई त्यस्तो जोगीहरूलाई सातु दिनु होला अरु केही भोट दिएर उनीहरूले यो देश बनाउनेवाला छैनन् ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]