अमेरिकामा रमाउँदै नायिका सुहाना थापा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

अभिनेत्री सुहाना थापा आफ्नी आमा झरना थापा र बुबा सुनिल कुमार थापासँग अमेरिकामा रहेकी छिन् । अमेरिकामा रहेकी सुहानाले आफ्ना त्यहाँको क्रियाकलाप सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरीरहेकी छिन् ।

केहि दिन अघि आमा झरना र बुबा सुनिलको साथ भर्जिनियाको एउटा रेस्टुरेन्टमा डिनर गरिरहेको उनको तस्बिर सार्वजनिक गरेकी थिईन् भने अहिले उनी हिउँमा रमाइरहेको तस्बिर सार्वजनिक गरेकी छिन् । पछिल्लो समय अमेरिकाको विभिन्न राज्यहरुमा हिमपात भइरहेको छ । तस्बिर उनकी आमा झरनाले कुनै क्याप्सन बिना नै पोस्ट गरेकी छिन् ।

सुहाना पछिल्लो समय ‘ए मेरो हजुर ४’ मा अभिनयरत छिन् । फिल्ममा अभिनेता अनमोल केसी उनको जोडीको रुपमा रहेका छन् । झरना थापाको निर्देशन रहेको फिल्मको छायाँकन अन्तिम चरणामा पुगेको छ ।