‘ओलीले अत्ती गरे अब विप्लवकै लाइनमा जान्छु’प्रचण्डको खुलाशा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , २ फागुन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद पुनःस्थापना नभए नेपाल बन्द गर्ने घोषणा गरेको छ । संसद पुनःस्थापना गरेर आफु प्रधानमन्त्री नभएसम्म आन्दोलन जारी राख्नुपर्ने उद्घोष गरेका हुन् । आफु पक्षिय केन्द्रीय कमिटीलाई सम्बोधन गर्दै उहाले संसद पुनर्स्थापनाका लागि कडा संघर्ष गर्ने र नेपाल बन्दसम्म पनि हुनसक्ने उल्लेख गरे ।

‘आन्दोलनमा नेपाल बन्दसम्म पनि हुनसक्छ । कडा नै हुन्छ । साहस गरौं,’ प्रचण्डले भने, ‘दिमागमा कुनै बोझ छ भने हटाइदिनु । आन्दोलन गर्ने हो । आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ ।’आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अपमान सहेको समेत उल्लेख गरे । यद्यपी के गरेर अपमान गरे भनेर उनले खुलाउन भएन ।

आफूहरूले ओलीविरुद्ध राजनीतिक प्रतिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताए ।नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पटकपटक नेपाल बन्द घोषणा गर्दै आएको छ । यता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले आफुले प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओलीलाई रोज्नुको कारणहरु पेश गरेका छन् ।

उनले बालुवाटारमा भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै किन म यहाँ आए भनेर खुलाएका हुन् । उहाले गुमेको भूमि फिर्ता लिन, प्रतिक्रान्तिको खतराबाट जोगाउनका लागि मूल नेतृत्व ९केपी शर्मा ओली०लाई साथ दिनुपरेको खुलाए ।

‘कम्युनिष्ट पार्टी र आन्दोलनको एकताको पक्षमा आज म यहाँ उभिएको छु । म एकताको पक्षमा छु र एकताको निम्ती लडिरहने छु’, केन्द्रीय कमिटीमा उहाले भने, ‘स्थायीत्व, शान्ति र स्थिरताको पक्षमा जनताको बीचमा नयाँ जनादेश लिनका लागि नया मोर्चा, अभियानमा म अग्रपंक्तिमा उभिनेछु ।’