काठमाडौँ , २ फागुन ।
नेकपा प्रचण्ड–माधव पक्षले आइतबार तेस्रो चरणका आन्दोलन घोषणा गर्ने भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सदस्य विष्णु रिजालले दिउँसो २ बजे तेस्रो चरणका आन्दोलन घोषणा गर्ने जानकारी दिए ।
‘आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा प्रतिगमन विरोधी संघर्षका तेस्रो चरणका कार्यक्रम घोषणा गर्ने कार्यक्रम छ,’ रिजालले जानकारी दिए ।
गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–माधव पक्षसहित अधिकांश राजनीतिक पार्टीहरु चरणबद्ध आन्दोलन गरिरहेका छन् ।
अब वृद्धाभत्ता मासिक पाँच हजार पुराउछौ : उपप्रधानमन्त्री पोखरेल
उपप्रधानमन्त्री ईश्वर पोखरेलले वृद्धाभत्ता मासिक रु पाँच हजार पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । चिशङ्खुगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसभालाई सम्बोधन गर्दै पोखरेलले सरकारले अघिल्लो निर्वाचनमा वाचा गरेअनुसार वृद्धाभत्ता मासिक रु पाँच हजार दिने बताएका हुन ।
गत आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्तामा बढावा दिने तयारी गरिए पनि पार्टीभित्रको एक समूहले विरोध जनाएका कारण त्यो सम्भव नभएको भन्दै उहाँले आगामी दिनमा सरकारले लक्ष्यअनुसार काम गर्ने उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले काम गर्न नदिएर सरकारलाई असफल बनाउने र मुलुकलाई पछाडि धकेल्ने प्रयास गरेकाले ताजा जनादेशमा जानु परेको बताउनुभयो । विकास र समृद्धिका अभियान निरन्तर अघि बढ्ने उपप्रधानमन्त्रीको भनाइ थियो ।
उहाँले अघिल्लो निर्वाचनमा प्रधानमन्त्री ओलीको हस्ताक्षरबाट उम्मेदवारी सिफारिस भएको स्मरण गर्दै विगतदेखि नै पार्टीको नेतृत्व ओलीले गरेकाले अहिले पनि ओली नेतृत्वको नेकपा नै आधिकारिक हुने बताउनुभयो । सूर्य चिह्न पनि ओली नेतृत्वको नेकपाकै हुने उहाँले स्पस्ट गर्नुभयो ।