जनयुद्ध दिवसमा बुटवलमा यस्तो देखियो प्रधानमन्त्री केपी ओलीको शक्ति प्रदर्शन !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ , २ फागुन ।

बुटवलमा प्रधानमन्त्री केपी ओलीले शक्ति प्रदर्शन गरे । यता नेकपा प्रचण्ड नेपाल समुह पेरिस डाँडामा जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता परिवार तथा घाइते योद्धाहरुबारे लेखिएको पुस्तक ‘जीवनगाथा’ को आज यहाँ विमोचन गर्दै गर्दा बुटवलमा ओलीको शक्ति प्रर्दशन गरेका छन् ।

राजनीतिक विज्ञहरुयसलाई ओलीको शक्ति प्रदर्शन प्रचण्ड नेपाल समुहलाई काउन्टर दिनका लागि भएको बताउँछन् । तर, पेरिसडाँडाबाट प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र समावेशिता नै धरापमा पर्ने खतरा बढ्दै गएको बताएका छन् ।

मुलुक गम्भिर राजनीतिक संकटमा फसेको बेला ओली समुह सरकारको काम एकातिर छाडेर मुलुकभर नारा जुलुससहित कार्यकर्ता बसमा ओसारेर भाषण गर्दै हिडेका छन् ।

तर, आफ्नै कार्यलय सिँहदरवार ओली नपुगेको महिनौं भएको छ । सरकार आफैं प्रतिपक्षले जस्तो सडक तताउँदै हिँडेको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।