हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा दाहाल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ की रियासा दाहाल ‘कलेजेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् । समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।

व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।